agm pic/माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

माछापुच्छ्रे बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज १८ गते बिहीवार होटल पोखरा ग्राण्ड कास्कीमा सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपी राजवहाक एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।​

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट रु. १ अर्ब ३६ करोड ४२ लाख १ हजार ६९२ रुपैयाँ (चुक्ता पुँजीको १३.३० प्रतिशत) बोनस शेयर र ७ करोड १८ लाख ८९ रुपैयाँ (चुक्ता पुँजीको ०.७० प्रतिशत) नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।​

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ६९ करोड रुपैयाँ संचित रहेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after