बालबालिका भिटामिन ‘ए’ खुवाउने कात्तिक १७ र १८ गते

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैं परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।  सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपन्न नागरिक उपचार निर्देशिका जारी, कुन कुन रोगमा पाइन्छ सहुलियत ?

काठमाडौँ । सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई …

प्रतिकृया दिनुहॊस