सानिमा बैङ्कको मोबाइल बैंकिङ्गमा विशेष ‘क्यासब्याक’ योजना

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । सानिमा बैङ्क र फोनपे प्रा।लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागु हुने बैंकले जनाएको छ ।

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरूलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, बिजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्र्टनेटको बिल तिर्दा २५ वा अधिकतम रु ५० सम्मको क्यासब्याकको को व्यवस्था गरेको छ ।

मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा क्यासब्याक प्रदान गरिने छ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टी.एम सञ्चालनमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस