pic 2/माछापुच्छ्रे बैंकले बनायो २३ औँ वार्षिकोत्सव, ल्यायो pic 2/क्यासब्याक योजना तथा विभिन्न अफर   

माछापुच्छ्रे बैंकले मनायो २३ औँ वार्षिकोत्सव, ल्यायो क्यासब्याक योजना तथा विभिन्न अफर   

काठमाडौं । माछापुच्छ्रे बैंक लि. २३ औँ वर्षपार गरी २४ औँ वर्षमा प्रवेश गरेको छ । पोखरामा क्षेत्रीय स्तरको बैंकको रूपमा स्थापना भएको माछापुच्छ्रे बैंक लि. २४ औँ वर्षमा प्रवेश गरेको हो ।

२३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक विशेष कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर यस बैंकमा सेवा गरिरहेका कर्मचारीहरूलाई सम्मान प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंक लि.का अध्यक्ष डा. उपेन्द्र महतोले २३ वर्ष सम्म बैंकको निरन्तर उन्नति एवं उत्तरोत्तर प्रगति तथा सम्वृद्धिका लागि अभिभावकको रूपमा निरन्तर मार्गदर्शन तथा साथ दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, शेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकहरू प्रति हार्दिक कृतज्ञता ज्ञापन गरेका थिए ।

उनले आगामी दिनहरूमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्दै बैँकको संस्थागत सुशासनको महत्व मनन गरी संस्थागत सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । सञ्चालक समितिका सदस्य श्री जयमुकुन्द खनालले बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकहरूलाई बधाई तथा अटुट विश्वासका लागि धन्यवाद प्रकट गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले स्मार्ट बैंक भन्ने मूल नाराका साथ डिजिटल इकोनोमीमा प्रभावकारी भूमिका खेल्दै आइरहेको माछापुच्छ्रे बैंक लि.ले आजको दिनसम्म आई पुग्दा आफूलाई स्मार्ट बैंकको रूपमा स्थापित गर्न सफल भएको बताए । उनले स्मार्ट तरिकाबाट ग्राहकहरूको चाहना तथा आवश्यकता बमोजिम नवीनतम, विश्वस्तरीय, भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै क्रमशः आफ्ना सेवाहरूलाई अझ सरल, सहज र विश्वसनीय ढङ्गले जिम्मेवारी बोध गर्दै समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पु-याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्राहकको अटुट विश्वास तथा अगाध माया, नियमकारी निकायको मार्गदर्शन, शेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनीय योगदानको फलस्वरूप आजको दिनमा आइपुग्दा व्यावसायिक बैंकहरुमा अब्बल स्मार्ट बैंकको रूपमा स्थापित हुन सफल भएको बैंकले जनाएको छ ।pic 1/माछापुच्छ्रे बैंकले बनायो २३ औँ वार्षिकोत्सव, ल्यायो pic 2/क्यासब्याक योजना तथा विभिन्न अफर   pic 1/माछापुच्छ्रे बैंकले बनायो २३ औँ वार्षिकोत्सव, ल्यायो pic 2/क्यासब्याक योजना तथा विभिन्न अफर   

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विषेश छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच …

प्रतिकृया दिनुहॊस