nepal vs india mk /क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

एसियाली खेलकुद : क्वाटरफाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

काठमाडौँ । नेपालले चीनमा जारी १९औँ एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा भारतसँग खेल्ने भएको छ । सोमबार लक्की ड्र बाट नेपालले क्वाटरफाइनलमा भारत प्रतिद्वन्द्वी पाएको हो ।

नेपालले समूह चरणमा मालदिभ्सलाई १३८ र मंगोलियालाई रेकर्ड २७३ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । अब नेपाल र भारतबीचको खेल मंगलबार बिहान नेपाली समय अनुसार ६:४५ बजेदेखि सुरु हुनेछ ।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । अफगानिस्तान भने नखेली गएको हो । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै स्थान पाएका थिए ।

त्यस्तै क्वाटरफाइनलमा पाकिस्तान र हङकङ खेल्ने भएका छन् भने श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्ने भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds