pal/महिला हवल्दारलाई ‘गुड फ्राइडे’को प्रस्ताव राख्ने एसएसपीले दिए राजीनामा

महिला हवल्दारलाई ‘गुड फ्राइडे’को प्रस्ताव राख्ने एसएसपीले दिए राजीनामा

काठमाडौँ । महिला हवल्दारमाथि यौन दुर्व्यवहार गरेको प्रकरणमा अनुसन्धानको दायरमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयले अनुसन्धान सकेर कारबाही प्रक्रिया अगाडि बढाएपछि पालले राजीनामा दिएका हुन् ।

यौन दुर्व्यवहारको घटना बाहिरिएपछि अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समिति गठन गरिएको थियो । समितिले एसएसपी पालले दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेको थियो । समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले पाललाई स्पष्टीकरण सोधेको थियो ।

आफू बर्खास्त समेत हुनसक्ने देखिएपछि पालले राजीनामा दिएको बताइन्छ । एसएसपी योगबहादुर पालले राजीनामा पेस गरेको पुष्टि गर्दै प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको बताए । घटना गत जेठ १९ गतेको हो । महिला सहायक हवल्दार घर बिदा स्वीकृत गराएर बिदामा जान लागेकी थिइन् । बिदा स्वीकृत गरेर कार्यालय प्रमुख रहेका एसएसपी पाललाई जानकारी गराइएको थियो ।

त्यसपछि एसएसपी पालले सञ्चार सेटमै ती महिला हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भन्दै आदेश दिएका थिए । ती महिला एसएसपी बसेको क्वार्टरमा पुगेकी थिइन् । क्वार्टरमा एसएसपीले महिला हवल्दारलाई भनेका थिए, ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाऔँ ।’

एसएसपीले यस्तो प्रस्ताव गरेपछि चकित बनेकी ती महिलाले प्रतिवाद गर्दै घटनाबारे ड्युटी अफिसरलाई जानकारी गराएकी थिइन् । पछि उनले प्रदेश प्रहरी कार्यालयमा उजुरी हालेपछि घटना बाहिर आएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३६ उपसचिवको सरुवा, फेरिए १२ जिल्लाका सीडीओ (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले ३६ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा अनुसार १२ …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds