धार्मिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा९माओवादी केन्द्र०ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए । देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने पार्टीले निष्कर्ष निकालिएको हो ।

प्रवक्ता सापकोटाले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताए । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कपिलवस्तुमा मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना …

प्रतिकृया दिनुहॊस