जनवादी विवाहमा बाँधिए विप्लवका छोरा प्रकाश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा.प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।

चितवनकी डा.मान्यता थापासँग बुधवार कपिलवस्तुस्थित शिव गढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् । चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो ।

प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् । मान्यता केन्द्रीय सदस्य हुन् । विवाह समारोहका नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरू सहभागी भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप