काठमाडौं । महालक्ष्मी विकास बैंक र ग्रान्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्ने छन् ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा ग्राहकका परिवारले उपचार खर्चमा ७.५ प्रतिशत छुट पाउने छन् ।
साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले (श्रीमान्–श्रीमती, छोरा–छोरा, बुबा–आमा) अस्पतालको सेवा शुल्कमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
देशका ८३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा ग्रान्डी इन्टरनेशनल अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।




