काठमाडाैँ । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । लक्ष्मिनियास्थित पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।
नेपाल भारत सीमाभन्दा करिब सात सय मिटरभित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह अन्य तीन जना साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए ।
मोटरसाइकलमा आइरहेका बेला साथीले नै पछाडिबाट गोली प्रहार गरेका थिए । घटना लगतै चारै जना युवक मोटरसाइकलमै चढेर फरार भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले बताए । उनका अनुसार घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको छ ।
प्रतिकृया दिनुहॊस