एनआईसी एशिया बैंकको शाखा भोजपुरको दिङ्गलामा

काठमाडौं । एनआईसी एसिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा संचालनमा आएको छ । उक्त शाखा उद्घाटन  भोजपुरको  षडानन्द नगरपालिकाका मेयर विरबल राईले   गरे ।

बैंकको मुलुकभर २६४शाखाकार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको  छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप