काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको बताएका छन् । काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताए । शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहम् भूमिका हुने उनको तर्क छ ।
अर्थमन्त्री महतले सरकारले निजी क्षेत्रलाई उच्च महत्त्व दिइरहेको बताए । ‘निजी क्षेत्र नै आर्थिक रुपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ । हरेक नागरिकको क्षमता, सिर्जना, सम्भावना र उद्यमसिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ । सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी, प्रतिस्पर्धी बनाउने, कानुनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भूमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ । सडक यातायातका कुरामा र न्यूनतम दरमा शिक्षा र स्वास्थ प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रमुख हो ।,’ अर्थमन्त्री महतले भने, ‘राज्यको निर्णायक भूमिका भनेको राज्यको साधन स्रोत ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो । सरकारले निजी क्षेत्रको महत्त्वलाई उच्च महत्त्व दिएका छौं ।’
प्रतिकृया दिनुहॊस