एलजीको नयाँ अफर सार्वजनिक

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड एलजीले दसैँ र तिहारका लागि आफ्नो नयाँ अभियान ‘शुभसाईत दसैँ तिहार घर भित्रिन्छन् नगद र उपहार’सार्वजनिक गरेको छ। यो अभियानले एलजीको कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्रदान गर्दछ।

यस योजनाअन्तर्गत, एलजीको लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र ग्यारेन्टी उपहारहरू उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले एलजीका सबै उत्पादनहरूमा विशेष मूल्यमा बिनालागत ईएमआई प्राप्त गर्न सक्छन्।

त्यसैगरी, ग्राहकहरूले एलजी लोयल्टी क्लब रिवार्ड कार्यक्रममा दर्ता गरी भिभान्त होटेलमा २५ प्रतिशतसम्म छुट पनि प्राप्त गर्न सक्नेछन्। साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेन्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ।

साथै यस अवधिभित्र एलजीको टिभी खरिद गर्ने उपभोक्ताले थप एक वर्षको वारेण्टी समेत पाउने विशेष योजना पनि कम्पनीले ल्याएको छ। नयाँ वर्षको अफरले एलजी स्प्लिट रेसिडेन्सियलरफ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस