काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेकै बेला पनि त्रिभुवन विमानस्थल बाहिरबाट फेरि एक किलो सुन बरामद भएको छ । प्रहरीले विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले आज बिहान बरामद गरेको उक्त सुन विदेशबाट विमानमार्फत आएको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस