आइतबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ।

शुक्रबार १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ९५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री