नेपालबाट थप बिजुली किन्ने प्रस्ताव भारतीय मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने समहझदारी भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका छन् ।

भारतीय मन्त्रिपरिषद्को निर्णयसँगै अब नेपालबाट बिजुली ल्याउने विषयमा थप अध्ययन र गृहकार्य हुने उनले बताए ।  भारतीय मन्त्रिपरिषदको निर्णयसँगै अब नेपालमा थप बिजुली उत्पादन गर्ने, प्रोजेक्टहरू कसरी बनाउने भन्नेबारे अध्ययन अघि बढ्ने उनले बताए । नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य राखिएको बताएका थिए । दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको थियो भने गोरखपुर–भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन …

प्रतिकृया दिनुहॊस