आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्झौतापछि कतार माथिको नाकावन्दी हटाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले गरेको आग्रहलाई साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहरेन, तथा इजिप्टले अस्वीकार गरेका छन् ।
कतार र अमेरिका वीच मंगलबार दोहामा आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्झौता भएको थियो ।
अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थतामा भएको कतार अमेरिका सहमति अपर्याप्त भएको साउदी नेतृत्वको चार खाडी मुलुकले बताएका छन्। उनीहरुले
अमेरिकी विदेशमन्त्रीको मध्यस्थतामा भएको उक्त सहमति अपुग भन्दै उनीहरुले कतारमाथि लगाउँदै आएको नाकाबन्दी लगायतका प्रतिबन्धहरु जारी रहने बताएका छन्। कतार माथिको नाकावन्दी हटाउन आफूले गरेको प्रयासका बारेमा कुवेती राजा सलमानलाई जानकारी गराएर टिलरसनल बिहिबार स्वदेश फर्कदै हुनुहुन्छ ।
साउदी नेतृत्वको चार खाडी मुलुकले कतारलाई अविश्वसनीय भन्दै विगतको सहमतिहरुको हवाला दिंदै कतार सरकारलाई पत्याउन नसकिने बताएका छन् ।
ती चार देशले कतारमाथि सो क्षेत्रका आतंकवादी समूहहरुलाई सहयोग गरेको आरोप लगाएका छन्। कतारले ती आरोपको खण्डन गर्दै आएको छ ।
चार मुलुकले अल जजिरा न्यूज नेटवर्क बन्द गर्नुपर्ने, टर्कीको सैन्य अखाडा बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुड समूहसंग नाता तोड्नुपर्ने तथा इरानसंग सम्बन्ध न्यूनीकरण गर्नुपर्ने जस्ता माग गर्दै आएका छन् ।
चार मुलुकले पठाएको १३ बुँदे शर्तमा कतारले पठाएको जवाफलाई नकारात्मक आएको भन्दै ती चार देशले गत साता कतार विरुद्ध थप राजनैतिक, आर्थिक तथा कानुनी प्रतिबन्धका कदम चाल्ने जनाएका थिए।
बीबीसी,




