काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौँका विभिन्न क्षेत्रमा सवारी साधन चलाउन रोक लगाएको छ । आज गाईजात्रा र भोलि गुँलागा दुतिया मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालन गर्न नदिइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
असन-केलटोल-इन्द्रचोक मखन-जैशिदेवल ज्याबहाल-लगन चोक-हनुमानढोका दरबार परिसर-गोफल-ब्रम्हटोल-गोफल ब्रम्हटोल-मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ ।
प्रतिकृया दिनुहॊस