काठमाडौँ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला ढुंगा खसेको छ ।
पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि ढुंगा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार आठ जनामध्ये केहीलाई उद्धार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ ।
उद्धारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गए पनि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिकृया



