दुई छोराको हत्या पछि बाबुले गरे आत्महत्या

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ को औराहमा दुई छोराको हत्या गरी बाबुले पनि आत्महत्या गरेका छन् ।
स्थानीय ४० वर्षे सुरेन्द्र रामले आइतबार बिहान आफ्ना दुई छोरा पाँच वर्षीय छोरा सुबिन राम र तीन वर्षीय विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
तीनैजनाको शव पोष्टमार्टमका लागि वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सुरेन्द्रलाई तीन दुई वर्षअघि पत्नीले छाडेपछि दुईजना छोरा उनले पाल्दै आएका थिए । प्रायः मानसिक तनावका कारण रामले यस्तो गरेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानले देखाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस