नेको इन्स्याेरेन्सको खुद मुनाफामा बढोत्तरी, इपीएस कति ?

काठमाडाैँ । गत आर्थिक वर्षको चौँथो त्रैमासको अन्त्यसम्ममा नेको इन्स्याेरेन्सको खुद नाफामा सामान्य सुधार भएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १.५३ प्रतिशतले बढेर ५५ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षमा ५४ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसअवधिमा खुद बिमा शुल्क आम्दानी ४.०३% ले घटेर १ अर्ब ६५ करोड ९७ लाख ४ हजार रुपैयाँ कायम भएको छ। यद्दपि, पूनर्बिमा कमिसन, लगानी तथा कर्जा आम्दानीलगायत सूचकमा सुधार भएपछि नाफा सामान्य बढेको हो।

बिमा कोषको आकार भने २०.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ पुगेको छ। रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ। यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ७९ पैसा छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सको ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्ड्स, २०२४’ सम्पन्न गरेको छ …

प्रतिकृया दिनुहॊस