क्रसएक्स २५० आर ईएफआई अब नेपालमै एसेम्बल, मूल्य पनि घट्यो

काठमाडौं । क्रसएक्स २५० आर ईएफआई मोटरसाइकल नेपालमै एसेम्बल भएको छ । यसअघि इन्जिन र टायर लगायतका केही पार्ट्स मात्र एसेम्बल हुने गरेकोमा क्रसएक्स मोटरसाइकल बिक्री–वितरण गरिरहेको बाइकर्स नेपालले अब पुरै मोटरसाइकल नै एसेम्बल गरेको हो ।

पहिले पनि नेपाली बजारमा उपलब्ध रहेको यस मोटरसाइकलको मूल्य अब भने घटेको छ । पहिले ८ लाख ९५ हजार रुपैयाँमा किनबेच भएको यसको मूल्य ५० हजार रुपैयाँ घटाएर अब ८ लाख ४५ हजार रुपैयाँमा कायम भएको हो ।

क्रसएक्स २५० आर ईएफआई मोटरसाइकलमा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन छ, जसले ३२ एचपीको पावर दिन्छ । साथै ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक छ ।

३६१ एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको सिटको उचाई ९२० एमएम छ भने ६.५ लिटरको इन्धन ट्यांकी छ । यसमा जीपीएस सहितको एन्टी–थेफ्ट लोकेसन ट्रयाकर, डीआरएल सहितको नयाँ एलईडी हेडल्याम्पलगायत फिचर उपलब्ध छन् ।

क्रसएक्स २५० आर ईएफआई मोटरसाइकलका लागि हेटौंडामा सीएक्समोटो इन्डष्ट्री दर्ता भएको छ, यसमा वार्षिक रुपमा ४ सय भन्दा बढी मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा, १२ महिनाको वारेन्टी

काठमाडौँ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस