ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडाैँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो।

हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो। यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

टिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस