उपराष्ट्रपति यादव चीन प्रस्थान

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन प्रस्थान गरेका छन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव सोमबार अपरान्ह चीनको कुन्मिङ प्रथान गरेका हुन् ।

उनको बिदाइका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलगायतका मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ । चीन भ्रमण सकेर उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोरोना बीमा सम्बन्धी रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमाको दावी भुक्तानी किन नदिएको भनेर सरकारसँग लिखित जवाफ माग्ने …

प्रतिकृया दिनुहॊस