रवि लामिछानेको टिप्पणी- संसद् हाइज्याक भयो !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् हाइज्याक भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक पनि नेकपा एमालेको अवरोधका कारण सुचारु हुन नसकेपछि सभापति लामिछाने संसद् हाइज्याक गरिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘संसद् हाइज्याक भयो ।’

आजको बैठकमा पनि नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै अवरोध गरेको थियो । सभामुखले बैठक सुचारु गर्न खोजेपछि एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

प्रतिनिधि सभाको बैठक अब एक सातापछि बस्ने भएको छ । अर्को बैठक भदौ ३ गते आइतबारका लागि बोलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री