मासु पकाउने क्रममा घरमा एक्कासि आगलागी, साढे दुई लाख क्षति

रुकुम । रुकुम पूर्वमा गए राति एक घरमा आगलागी हुँदा दुई लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
घरमा मासु पकाउने क्रममा एक्कासि कराइको तेल बलेर सिस्ने गाउँपालिका–५ रुमालबाराका ज्ञानु बुढाको खरले छाएको एकतले घरमा आगलागी हुँदा रु ५५ हजार, अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत गरी रु दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।
ज्ञानु बुढाकी श्रीमती ३६ वर्षीय मोतीकला बुढाको हात, खुट्टा र ढाडमा आगोले पोलेकाले उपचारका राति नै जनस्वास्थ्य रुकुमकोटमा सामान्य उपचारपछि जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पठाइएकामा त्यहाँपनि उपचार असम्भव भएपछि अहिले नेपालगञ्ज लगिएको छ ।
आगलागीबाट एउटा भैंसी र बाख्रा जलेर घाइते भएका छन् ।
आगो प्रहरी र स्थानीयवासीले राति २ बजे नियन्त्रणमा लिएका थिए ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस