काठमाडौँ । भारतीय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’ नेपालमा भित्रिएको छ । विभिन्न सौन्दर्य सामाग्रीहरू अर्गानिक रूपमा उत्पादन गरी विश्व बजारको अधिकांश देशहरूमा निर्यात गर्दै आएको नन्दिनी हर्बल केयर प्रालिका उत्कृष्ट ब्राण्डहरु नेपालमा भित्रिएको हो ।
भारतको गुजरातमा रहेको मुख्यालयबाट दुबई, कतार, थाइल्यान्ड, न्यूजिल्याण्ड, ओमन, बङ्गलादेश, श्रीलंका लगायत करिब ४५ वटा देशहरूमा निर्यात हुँदै आएको छ । अब नन्दिनी अर्गानिक ब्राण्डका अर्गानिक सौन्दर्य सामाग्रीहरू औपचारिक रूपमा नेपाल भित्रिएको हो । नेपालमा पनि सन स्क्रिन, मोश्चराईजर ,फेश वास, डे क्रिम, नाईट क्रिम, ईसन्सियल आईल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरूको विक्री वितरण गर्न लागेको कम्पनीका उत्पादक नन्दिनी हर्बल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले जानकारी दिए ।
उनका अनुसार, नेपाली उपभोक्ता माझ भारतीय सौन्दर्य सामाग्रीहरूको विश्वासका कारण लामो अनुसन्धान पछि हाम्रा अर्गानिक सौन्दर्य सामाग्रीहरूलाई सहज रूपमा बजारीकरण गर्न सकिने अवस्था देखेर नेपालमा नन्दिनी अर्गानिक ब्राण्डका सौन्दर्य सामाग्रीहरू भित्राइएको हो । नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने स्पष्ट मिसनका साथ यस्ता उत्पादनहरू नेपाल ल्याउन आफ्नो पसिना र परिश्रम लगाएको उनको भनाई छ ।
नन्दिनी ब्राण्डका सौन्दर्य सामाग्रीहरू नेपालका विभिन्न आउटलेट, वितरक, व्यूटिपार्लर, सलुन, मेडिकल स्टोर लगायत मार्ट सपिङ मलहरूमा सहजै उपलब्ध हुने नेपालमा बजारीकरण तथा व्यवस्थापनको जिम्मेवारी लिएका कन्ट्री म्यानेजर पदम शर्माले जानकारी दिए । गुणस्तरमा शत प्रतिशत प्रतिबद्धता जनाएको कम्पनीले करिब ३ वर्षदेखि नेपाली बजारमा एन प्लस प्रोफेसनल तथा ला रिभेरी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरू बिक्री वितरण गर्दै आएको छ ।
नन्दिनी अर्गानिक ब्राण्डका बारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी तथा सामाजिक अभियन्ता भीम उपाध्यायले संयुक्त रूपमा उक्त उत्पादनहरूको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए । होटल ग्राण्डमा आयोजित उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरूको रोजाइमा पर्नेमा आफूहरू विश्वस्त भएको बताएका थिए ।
मिस नेपाल खड्गीले आफूले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्दर्य ब्राण्डका बारेमा जानकारी लिँदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताइन । सञ्चारकर्मी सोनीत राज ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा सञ्चारकर्मी राज लुइँटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरूको समेत उपस्थिति रहेको थियो ।




