काठमाडाैं । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको भन्दा १६८.८६ प्रतिशतले धेरै हो।
अघिल्लो वर्ष यसले १० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो। यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ६४.९८ प्रतिशत र सञ्चालन नाफा १६८.८३ प्रतिशतले बढेको छ। यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ।
असार मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा पनि ११ करोड ११ लाख रुपैयाँ रहेको छ। यता, कम्पनीको खराब कर्जा भने बढेर २.८२ प्रतिशत भएको छ। अघिल्लो वर्ष खराब कर्जा २.१९ प्रतिशत रहेको थियो।
यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५५ पैसाले बढेर २१ रुपैयाँ ५७ पैसा (वार्षिक) कायम भएको छ। गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०२ पैसा (वार्षिक) रहेको थियो। मञ्जुश्री फाइनान्सको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३५ पैसा कायम भएको छ।




