गौर हत्याकाण्डका पीडित र सरकारबीच ५ बुँदे सहमति

काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको छलफलपछि ५ बुँदे सहमति गरिएको जनाइएको छ ।

सहमतिअनुसार २०६३ चैत ७ मा रौतहटको गौरमा भएको घटनामा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालय सहमत भएको छ ।

घटनामा मृत्यु भएका र २०६५ पुस ९ मा मन्त्रिपरिषद्ले सहिद घोषणा गरेकाहरूको नाम राजपत्रमा प्रकाशित गर्ने सहमति भएको छ । त्यस्तै सो घटनामा मृत्यु भएका तर सहिद घोषणा हुन छुट भएका मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउन दुवै पक्ष सहमत भएका छन् । सहमति भएसँगै सङ्घर्ष समितिले गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

365891231_125258273941214_6692197396715188202_n

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री