एनआइसीले १० प्रतिशत प्रतिफल वितरण गर्ने

काठमाडौं । एनआइसी एसिया क्यापिटलको शुक्रबार काठमाडौंमा सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० का लागि एनआइसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुलामुखी योजना ‘एनआइसी एसिया डाइनामिक डेप्ट फण्ड’का इकाईधनीलाई १० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीलाई वितरण गर्ने गरी इकाईधनी दर्ता किताब बन्द गरिएको पनि कम्पनीले जनाएको छ । कम्पनीले एनआइसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफल पुनः लगानी गर्न मिल्ने गरी डिभिडेण्ड रि–इन्भेष्टमेन्ट प्लान सञ्चालन गरेको छ ।

उक्त योजनामा सहभागी हुन एनआइसी एसिया क्यापिटलको वेबसाइट वा सोझै रीतपूर्वक विवरण भर्न सकिनेछ । योजनामा सहभागी हुन साउन ३२ गतेसम्म आवेदन दिन सकिने पनि कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साईमेक्स इन्कले नेपालभर पूरा गर्‍यो सय युनिट बीवाईडी डेलिभरी

काठमाडौं । बीवाईडीको ३०औँ वार्षिकोत्सव र १ करोडौँ एनईभी विश्वव्यापी उत्पादनको अवसरमा बीवाईडी र साईमेक्स …

प्रतिकृया दिनुहॊस