ओपो ए ७८ नेपाली बजारमा

काठमाडौँ । ओपोले आज नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । कम्पनीका अनुसार यस फोनमा एफएचडी+एएमओएलईडी डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट ६७डब्लू सुपरभूसीटीम फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने ५ हजार एमएएच ठूलो ब्याट्री, कलरओएर १३.१ लगायत अपग्रेडहरू रहेका छन् ।

ए७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको कम्पनीको दाबी छ । पछाडिको कभरमा डायमण्ड म्याट्रिक्स डिजाइनको साथ अल्ट्रा-स्लिम रेट्रो डिजाइन रहेको छ । ए७८ स्न्यापड्रागन ६८० मोबाइल प्लेटफर्मद्वारा सञ्चालित छ ।

फोनमा 8GB RAM + 256GB ROM कन्फिगरेसन एसडी कार्ड स्लट मार्फत एक टीबी सम्मको अतिरिक्त भण्डारण रहेको छ । यसमा अधिकतम ८ जीबी र्या ममा अस्थायी रूपमा फ्रि रोम स्पेसलाई रूपान्तरण गर्न सकिन्छ ।

ए७८ दुई ताजा, ट्रेंडी कलर फिनिशमा उपलब्ध छ – एक्वा ग्रीन र मिस्ट ब्ल्याक । यसको मूल्य ३२ हजार ९९९ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस