पत्रकार कुट्ने रास्वपाका जिल्ला संयोजक पुनर्बहाली

काठमाडाैं । पत्रकार कुटेको आरोपमा निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बझाङ संयोजक नगेन्द्र खड्कालाई पार्टीले पुनर्वहाली गरेको छ। बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उनलाई पुनर्बहालीको निर्णय गरेको हो।

पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा साउन ९ गते खड्कालाई निलम्बन गरेको थियो। निलम्बनपछि पार्टीको अनुशासन समितिले थप अनुसन्धान गर्दा दोष नदेखिएकाले निलम्बन फुकुवा गरेको प्रवक्ता मुकुल ढकाले जानकारी दिए।

खड्काको निर्देशनमा सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघले कारवाहीको माग गरेको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस