नेपाल मर्चेण्ट बैंकर संघले गर्यो सम्पत्ति शुद्धिकरण र वित्तीय लगानी सम्बन्धी कार्यक्रम

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाई तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा एएमएल/सिएफटी र गोएएमएल एप्लिकेसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतङकवदी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरूले  गोएएमएल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आबद्ध हुनुपर्ने प्रावधानबारेमा जानकारी गराइएको हो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरहरुबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नियामक निकायबाट उपस्थित पदाधिकारीहरू तथा उपस्थित सहभागीहरूलाई संघका अध्यक्ष बिजयलाल श्रेष्ठले  धन्यवाद ज्ञापन गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस