डेंगी नियन्त्रणका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं । कांग्रेसले कोशी प्रदेशमा फैलिएको डेंगु महामारीको प्रभावकारी नियन्त्रणका लागि जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गैसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त विरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन’विज्ञप्तिमा उल्लेख छ, ‘समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा विरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।’

कांग्रेसले सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्बद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न पनि कांग्रेसले अपिल गरेको छ । रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसले स्थानीय नेता एवं पार्टी सदस्यहरूलाई आह्वान गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस