फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस