अवरोध खुलाउने प्रयास : सभामुखले गरे प्रचण्ड र ओलीलाई फोन, बोलाए कार्यव्यवस्था परामर्श समिति

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउने प्रयास जारी राखेका छन् । सत्ता पक्ष र प्रतिपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएपछि सभामुख घिमिरेले जारी अवरोध हटाउन पहल गरेका हुन् ।

उनले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेर सदन सुचारु गराउन आग्रह गरेका छन् । टेलिफोन संवाद उनले सदन अवरुद्ध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएका हुन् ।

साथै सभामुख घिमिरेले मध्यान्न १२ बजेपछि बस्नेगरी सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरेका छन् । पटक पटक सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ शीर्ष नेताहरूलाई घिमिरेले स्मरण गराएका थिए ।

सदन अवरोध खोल्ने विषयमा सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग सभामुख घिमिरेले पटक पटक छलफल गरेका थिए । सुन काण्डबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस