सारिकाको स्वरमा ‘कलियुग कि राधा’

काठमाडौं । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको संगीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको शृंगार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युब च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा राम्रो आफ्नो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाइ रहनुभएको छ ।

एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याती कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको …

प्रतिकृया दिनुहॊस