भारत महाराष्ट्रमा क्रेन खस्दा १६ जनाको मृत्यु, तीन जना घाइते

एजेन्सी । भारत महाराष्ट्रको ठाणे जिल्लामा एउटा पुलको स्ल्याबमा क्रेन खस्दा कम्तीमा १६ जना कामदारको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

मुम्बईबाट करिब ८० किलोमिटर टाढा शाहपुर तहसीलको सरलाम्बे गाउँ नजिकै मंगलबार बिहान दुर्घटना भएको द इन्डियन एक्स्प्रेसले जनाएको छ । उक्त क्रेन पुल र राजमार्ग निर्माण परियोजनामा प्रिकास्ट बक्स गर्डर जडान गर्न प्रयोग गरिएको थियो । घटना लगत्तै प्रहरी, दमकल र एनडीआरएफको टोलीले उद्धार घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ ।

‘भग्नावशेषमा अझै धेरै मानिस फसेको सम्भावना छ । उद्धार कार्य भइरहेको छ’, सार्वजनिक निर्माण विकासमन्त्री दादा भुसेले दुर्घटनास्थलको निरीक्षण गरेपछि भने । ७०१ किलोमिटर लामो यो राजमार्गले मुम्बई र नागपुरलाई जोड्छ । राजमार्ग निर्माणको तेस्रो चरणको काम हाल ठाणे जिल्लामा भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस