भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा

काठमाडौँ । भेस्पा/अप्रिलियाको नयाँ शोरुम कान्तिपथमा उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लिले सुरु गरेको नयाँ शोरुमलाई भेस्पा/अप्रिलिया इन्डियाका कन्ट्री हेड भानुप्रकाश सुदले सोमबार उद्घाटन गरेका हुन् ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरूलाई सरल गराउन विभिन्न ठाउँहरूमा आफ्नो शोरुम र सर्भिस सञ्चालनमा ल्याइएको जानकारी गराए ।

डेल्टा अटोकर्पले आफ्नो नयाँ शोरुमहरु काठमाडौँ उपत्यकाको विभिन्न ठाउँहरूमा र काठमाडौँ उपत्यका बाहिर ५० भन्दा बढी ठाउँहरूमा आफ्नो सेवा सुविधाहरू प्रदान गराउँदै आइरहेको उनको भनाई थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस