योजना आयोगका उपाध्यक्षलाई भेट्यो आईएमएफको टोलीले

काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ । आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो । १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नती, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

छलपछि पछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यबाद दिएका थिए । जुलाई २० मा नेपाल आएको आईएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस