नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौँ । नेपाल इन्स्याेरेन्स कम्पनीले साेमबारदेखि १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

यसमा इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ न्यूनतम ३०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यता, आवेदकले न्यूनतम १ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस