सामाजिक उत्तरदायित्व पूरा गर्दै सेवा विकास बैंक, गर्‍यो कार्यालयहरूमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान

काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको छ । दिगो विकासको लक्ष्य ( Sustainable Development Goal) अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित विभिन्न कार्यालयहरुमा सो भेन्डिङ्ग मसिन जडान गरेको हो ।

उक्त मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले रजश्वलाको वेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री बनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहकहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि जनस्वास्थ्यको प्रवर्द्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरेको जनाएको छ । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो …

प्रतिकृया दिनुहॊस