क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । क्यालिफोर्निया एयरपोर्ट नजिकैको मैदानमा विमान दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार दुर्घटना लस एन्जलसबाट करिब १३० किलोमिटर दक्षिणपूर्वमा रहेको मुरिएटामा बिहान ४:१५ बजे भएको थियो । यस दुर्घटनामा भएको आगलागीका कारण करिब एक एकडमा लगाएका रुख तथा बोटबिरुवा पनि जलेर खरानी भएको छ ।

उक्त विमानमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो । मृतकहरुको अझै सनाखत हुन सकेको छैन । रिभरसाइड काउन्टी फायर डिपार्टमेन्टका अनुसार आगो निभाउन अग्नि नियन्त्रकहरूलाई एक घण्टाभन्दा बढी समय लागेको थियो । आगलागीले यो व्यवसायिक जेट पूरै जलेको थियो । यस दुर्घटनाका कारण फ्रेन्च भ्याली एयरपोर्ट नजिक केही क्षति भएको जानकारी आएको छ ।

अमेरिकाको संघीय नागरिक उड्डयन विभागले राष्ट्रिय यातायात सुरक्षा बोर्डको टोलीसँग यस हवाई दुर्घटनाको अनुसन्धान गरिरहेको छ । सिएननकाे रिपोर्ट अनुसार सेस्ना सि ५५० विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो । विमान लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ३.१५ बजे उडेको थियो, जुन क्यालिफोर्नियाको मुरिएटा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अन्वेषकहरूले पाइलटले विमान अवतरण गर्ने प्रयास गरिरहेको बताए। अचानक धुलोको तह जताततै फैलियो, जसका कारण पाइलटलाई कम भिजिबिलिटी हेर्न समस्या हुन थाल्यो । यस क्रममा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आफ्नो मिस अप्रोच प्रक्रियाको बारेमा जानकारी दिएका थिए ।

यो सामान्यतया रन वे नदेखिने र पछि पाइलटले विमान अवतरण गर्ने प्रयास गर्दा हुन्छ । त्यसपछि एटीसीले पाइलटलाई अर्को अवतरण प्रयासलाई अनुमोदन गरेको थियो तर धावनमार्गभन्दा ५०० फिट अगाडि दुर्घटनाग्रस्त भयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री