मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्नुस् : आँचल शर्मा

काठमाडौँ । अभिनेत्री आँचल शर्माले यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन बन्द गर्न आग्रह गरेकी छन् । आफूले नगरेको र नभनेको कुरालाई लिएर  यातना नदिन शर्माले आग्रह गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै रियाक्ट नगरूँ भन्दा भन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु । जजसले जसको उक्साहटमा यो सब गरिरहनु भएको छ, तपाईँहरूको समय सकियो । म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा मेन्टल हेल्थको भाषण दिन कृपया बन्द गर्नुस् ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री