अमेरिकामा शाहरुख खानको दुर्घटना

एजेन्सी । सुटिङका क्रममा बलिउड स्टार शाहरुख खान घाइते भएका छन् । अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको सुटिङका क्रममा खान घाइते भएका हुन् ।

उनको नाकमा चोट लागेको छ । टाइम्स अफ इन्डियाले जनाए अनुसार लस एञ्जलसमा भैरहेको सुटिङको क्रममा उनी घाइते भएका हुन् । उनको नाकमा चोट लागेका कारण अस्पतालमा शल्यक्रिया नै गर्नु परेको थियो । अहिले उनको नाकमा ब्याण्डेज लगाइएको छ । चिकित्सकले शाहरुखको नाकमा सामान्य चोट लागेको तथा चिन्ताजनक अवस्था नरहेको स्पष्ट पारिसकेका छन् ।

उपचारपछि शाहरुख भारत फर्किएर मुम्बईस्थित आफ्नो निवास मन्नतमा स्वास्थ्यलाभ गरिरहेका छन् । शाहरुख खानको नयाँ फिल्म जवान प्रदर्शनको क्रममा छ । यो फिल्ममा उनले दक्षिण भारतीय निर्देशक एट्लीसंग सहकार्य गरेका छन्, जसमा दक्षिण भारतकै सुपरस्टार अभिनेत्री नयनताराले पनि अभिनय गरेकी छिन् । ‘जवाफ’ को ट्रेलर यही असार २७ गते सार्वजनिक हुँदैछ । ‘जवान’ सेप्टेम्बर ७ देखि प्रदर्शन हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस