गगन थापाले गरे अनलाइनबाटै कांग्रेसको सदस्य बन्न आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनलाइनबाटै नेपाली कांग्रेसको सदस्य बन्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

कांग्रेसले अनलाइनमार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको उनले जानकारीसमेत दिए । ‘के तपाईँहरू नेपाली कांग्रेसको सदस्य भएर हामीसँग जोडिन चाहनु हुन्छ ? यदि चाहनुहुन्छ भने नेपाली कांग्रेसले अनलाइन मार्फत सदस्यता लिन मिल्ने गरी सदस्यता खुला गरेको छ,’ महामन्त्री थापाले भनेका छन्, ‘नेपाली कांग्रेसको वेबसाइट nepalicongress.org/online-membership मा गएर सदस्यता लिन चाहिने व्यक्तिको विवरण भरेपछि सदस्यता लिने सकिने छ ।’

उनले पदाधिकारी, नेता-कार्यकर्तालाई सहजीकरण गर्दिनुहुन आग्रह गरे । ‘नेपाली कांग्रेसका सम्पूर्ण पदाधिकारी, नेता, कार्यकर्ता र जिम्मेवार सबैले यो विषयमा सहजीकरण गर्दिनुहुन आग्रह गर्दछु,’ थापाले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस