ज्योति विकास बैंककाे संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक सेयरधनी समूहका केही सेयरधनीहरुले १ लाख ६८ हजार ४९६ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १२६ रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा के कति शेयर कित्ता सेयर खरिद गर्ने हो खुलाएर आवेदन दिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस