नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडाैँ । नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबी बैँक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रालिका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र एनएमबी बैंक का प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका छन् ।

नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ ।

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिट इन्टरनेशनल प्रालिका नायव महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस