चलाउनेलाई कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिएको हो ।

सरकारले मुद्दा फिर्ता गरेपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेको सर्वोच्चमा रिट हालेका थिए । सरकारले गत जेठ ३० गते मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि उपप्राध्यापक चलाउने त्रिवि परिसरमा अनसन बसेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री