रास्वपाले भोलि साँझ देशभर घण्टी बजाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि साँझ देशभर घण्टी बजाउने निर्णय गरेको छ । पार्टीको स्थापना दिवस भएकाले घण्टी बजाउने निर्णय गरेको हो ।

रास्वपाले उक्त दिन आफ्नो नयाँ पार्टी कार्यालय बालाजुमा चियापान कार्यक्रम पनि राखेको छ । बसुन्धारामा रहेको कार्यालय सानो भएकोले बालाजुमा आधुनिक ६ तले नयाँ भवनमा सरेको हो । उक्त घरको भाडा ६ लाख भएपनि पार्टीलाई सहयोग गर्ने उदेश्यले ३ लाख ५० हजारमा समर्थकले उपलब्ध गराएको हो ।

सो दिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतालाई चियापान गर्न बोलाएका छन् ।

साथै केही कूटनीतिक नियोगका अधिकारीहरुलाई पनि निम्ता दिएका छन् । रास्वपाले सोही दिन नयाँ पार्टी कार्यालयमा औपचारिक रुपमा सरेपछि नयाँ भवनमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त पहिलो बैठक बस्ने कार्यतालिका पनि रहेक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेमाथि गहिरो अनुसन्धान : अरू जिल्ला पनि पुर्‍याउन सक्ने

काठमाडौं । कास्की प्रहरीले सहकारी रकम अपचलनमा संलग्नताको आरोपमा हिरासतमा लिएका गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक रवि लामिछानेमाथि गम्भीर अनुसन्धान भइरहेको छ । सहकारी संस्थाहरूबाट मिडिया नेटवर्कमा ठूलो मात्रामा बचतको अपचलन भएको आशङ्कामा उनलाई पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस